२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् ।
१५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका हुन् ।
सभापति थापा दिउँसो २ बजे सानेपा कार्यालयमा उपस्थित हुनेछन् । त्यसक्रममा उनले अनौपचारिक कुराकानी गर्नेछन् ।
उनी गएराति सम्पन्न मतगणनामा प्रतिष्पर्धी उम्मेदवार श्याकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।केन्द्रीय निर्वाचन समितिका अनुसार थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।








