नयाँदिल्ली । आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक तथा नेता अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।

आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूसहित जन्तरमन्तरमा प्रदर्शन गरिरहेका बेला प्रहरीले केजरीवाललाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई लिएर जाँदै गरेको दृश्य सार्वजनिक भिडियोमा देखिएको छ ।

घटनापछि आप नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रहरीको व्यवहारप्रति आपत्ति जनाएका छन् । उनले दिल्ली प्रहरीले पार्टीका राष्ट्रिय संयोजकमाथि धकेलाधकेल गर्नुका साथै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

सार्वजनिक भिडियोमा केजरीवालसँगै राज्यसभा सांसद सञ्जय सिंह पनि देखिएका छन् ।

केजरीवाललाई नियन्त्रणमा लिनुको औपचारिक कारण र उनलाई हिरासतमा राख्ने अवधिबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय