बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित बेहरीमा करेन्ट लागेर शनिबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी रहेकी छिन् ।

उनलाई आफ्नै घरको सरसफाइ गर्ने क्रममा करेन्ट लागेको थियो । प्रहरीका अनुसार घरको पछाडि सरसफाइ गरिरहेका बेला नाङ्गो तार समाउन पुग्दा उनलाई करेन्ट लागेको हो ।करेन्ट लागेर गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय