काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका १० विदेशी नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर अध्यागमन विभागको जिम्मा लगाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खान रहेका छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. १८ गण मुख्यालय बाघभैरवअन्तर्गतको विशिष्ट व्यक्ति तथा महत्त्वपूर्ण प्रतिष्ठान सुरक्षा टोलीले पक्राउ गरेको जनाइएको छ।

पक्राउ परेका विदेशी नागरिकको प्रवेश तथा बसोबाससम्बन्धी विषयमा आवश्यक प्रक्रिया अघि बढाउन उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय