काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञान कुमार थापाको अनुमोदनसम्बन्धी निर्णय संसदीय सुनुवाइ समितिले तत्कालका लागि होल्डमा राखेको छ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाबारे जापान सरकारसँग माग गरिएको थप विवरण प्राप्त नभएकाले निर्णय केही समयका लागि स्थगित गरिएको हो।

थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) रहेको र त्यसले स्वार्थ बाझिने अवस्था सिर्जना गर्न सक्ने भन्दै संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको थियो। यस विषयमा समितिले सरकारमार्फत जापानसँग थप विवरण माग गरेको थियो।

जापानबाट आवश्यक विवरण प्राप्त नभएको जानकारी परराष्ट्र मन्त्रालयबाट आएपछि तत्काल अनुमोदनसम्बन्धी निर्णय नगर्ने निष्कर्षमा समिति पुगेको सभापति श्रेष्ठले बताए।

यता, प्रस्तावित राजदूत थापाले भने आफूले जापानको पीआर त्यागिसकेको स्पष्ट पारेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय