काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ ।

कात्तिक १३ र १४ गतेका लागि बोलाइएको बैठक मंसिर ५ र ६ गतेका लागि सारिएको सो पार्टीका अध्यक्ष कबिर सोपले बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने देखिएकाले बैठक सारिएको उनले बताए ।

केन्द्रीय समितिको बैठक नागरिक उन्मुक्ति पार्टी नेपालको पार्टी कार्यालय टीकापुर, कैलालीमा बस्ने जानकारी गराइएको छ । बैठकमा संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुनुका साथै आगामी स्थानीय तथा प्रदेशको चुनावका बारेमा पनि छलफल हुने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय