काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीको रजिस्ट्रेसन फारम भर्ने तथा परीक्षा आवेदन फारमसम्बन्धी सूचना जारी गरेको छ ।

बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ । रजिस्ट्रेसनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा पनि छुट्टै सूचना जारी गरेको छ ।

सूचनाअनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीले २०८३ कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन् । यसका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ ।

बोर्डले सम्बन्धित विद्यालयलाई निर्धारित समयभित्र विद्यार्थीको रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भराई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

विद्यार्थी तथा अभिभावकले फारम भर्ने अन्तिम मितिलाई ध्यानमा राखी सम्बन्धित विद्यालयसँग समन्वय गर्नुपर्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय