काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको पार्टी केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका तत्कालीन दुई कार्यभार र १५ वटा कामलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई ती कार्यभार पूरा गर्न आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जुट्न निर्देशन दिए ।

बैठकमा अध्यक्ष ओलीले बाँकी रहेका संगठनात्मक काम तथा कार्यविभाजनसम्बन्धी निर्णय पार्टीको सचिवालय वा स्थायी कमिटीबाट गरिने जानकारीसमेत गराएका थिए ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पाँचौँ बैठक आगामी माघमा आयोजना गर्ने प्रस्ताव पनि राखेका छन् । उक्त बैठकमा पार्टीका समसामयिक विषयमा विस्तृत छलफल गर्ने तयारी रहेको उनले बताए ।

बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय