काठमाडौं । नेकपा एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले बुधबार शपथ ग्रहण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ गराएका हुन् ।

गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । मनोनीत अन्य केन्द्रीय सदस्यहरूले यसअघि नै शपथ ग्रहण गरिसकेका थिए ।

तीन जनाले शपथ लिएसँगै मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण प्रक्रिया पूरा भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय