काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ। यो परिसूचक साउन ३० गतेयताकै उच्च बिन्दु हो।

बुधबार कारोबार भएका कम्पनीमध्ये २४१ वटाको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। तीन कम्पनीको मूल्य भने स्थिर रहेको छ।

सेयर बजारमा कारोबार रकमसमेत बढेको छ। अघिल्लो दिन ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो कारोबार रकम भदौ ३० गतेयताकै उच्च हो।

जलविद्युत् समूहमा सबैभन्दा धेरै वृद्धि

बुधबार जलविद्युत् समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको सूचक २.०६ प्रतिशतले बढेको छ। व्यापार समूहबाहेक सबै समूहगत सूचकमा वृद्धि भएको छ।

व्यापार समूहको सूचक भने ०.४४ प्रतिशतले घटेको छ। बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत र लगानी समूह १.५२ प्रतिशतले बढेका छन्।

त्यस्तै, जीवन बीमा समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन्।

बेनी हाइड्रोपावरको मूल्यमा १५ प्रतिशत वृद्धि

बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। बुटवल पावर कम्पनीको मूल्य १०.६० प्रतिशतले बढ्दा सुपर खुदी हाइड्रोपावर ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर ६.२२ प्रतिशत र युनियन हाइड्रोपावर ५.८६ प्रतिशतले बढेका छन्।

यसैगरी, सान्जेनको मूल्य ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत र होटल फरेस्ट इनको ५.४१ प्रतिशतले बढेको छ।

अर्कोतर्फ, सिर्जनशील लघुवित्तको सेयर मूल्य २.३० प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको मूल्य २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले घटेको छ।

कारोबारमा लिबर्टी इनर्जी अगाडि

बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी अग्रस्थानमा रहेको छ। त्यसपछि घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक रहेका छन्।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएपछि बुधबारको बजारमा समग्र खरिद चाप बलियो देखिएको छ। यद्यपि, आगामी दिनमा बजारको दिशा कम्पनीहरूको वित्तीय अवस्था, लगानीकर्ताको मनोविज्ञान र समग्र आर्थिक परिस्थितिमा निर्भर रहनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय