काठमाडौं । स्पेनको टोलेडो क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ। यद्यपि, मृतकको यो संख्या स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
दुर्घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले घटनाप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले दुर्घटनाबारे यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।








