काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन मङ्सिर २१ गते गर्ने भएको छ। पार्टीभित्र समानान्तर महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा जिल्ला अधिवेशन गर्न लागेको हो।

नेता दिनेशविक्रम शाहका अनुसार अधिवेशनको उद्घाटन निवर्तमान सभापति देउवाले गर्ने कार्यक्रम तय भएको छ।

अधिवेशनलाई व्यवस्थित र सफल बनाउन समूहका जिल्ला संयोजक जयकृष्ण महर्जनले विभिन्न उपसमिति गठन गरेका छन्। जसअनुसार प्रचार संयोजकमा शम्भुप्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनको जिम्मेवारीमा टेवेन्द्ररत्न शाक्य र युवा परिचालनमा दिनेशविक्रम शाहलाई तोकिएको छ।

पार्टीभित्रको आन्तरिक विवादका बीच देउवा पक्षले छुट्टै अधिवेशन गर्न लागेको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय