काठमाडौँ । नेपाली कथानक चलचित्र ‘गौँथली’ ले फ्रान्सको क्यान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा ‘वेस्ट फरेन सिनेमा’ अवार्ड प्राप्त गरेको छ।

मासिक तथा वार्षिक रूपमा आयोजना हुने उक्त फिल्म फेस्टिभलमा नेपाली चलचित्रले अवार्ड जितेपछि निर्देशक डा. कपिल रिजालले खुसी व्यक्त गरेका छन्।

अवार्ड प्राप्त गरेपछि निर्देशक रिजालले ‘गौँथली’ चलचित्र मात्र नभई भावना, सपना र नेपाली सिनेमाप्रतिको प्रेमसँग जोडिएको यात्रा भएको बताएका छन्।

उनका अनुसार करिब २५ वर्षअघि उनका बुबा डा. भोला रिजालले निर्माण गरेको गीति चलचित्र ‘गौँथली’ को भावना, माया र विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले नयाँ संस्करण निर्माण गरिएको हो।

चलचित्रका निर्माता सुमन गिरीले अवार्डलाई नेपाली चलचित्र क्षेत्रका लागि गौरवको विषय भएको बताएका छन्। उनले यस उपलब्धिलाई नेपाली चलचित्र र नेपाली माटोको जितका रूपमा व्याख्या गरेका छन्।

निर्माण पक्षका अनुसार ‘गौँथली’ ले प्रदर्शनको सय दिन पूरा गरिसकेको छ। चलचित्रले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको र नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने चलचित्रमध्ये दोस्रो स्थानमा रहेको दाबीसमेत गरिएको छ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय