काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व व्यवस्था बहुध्रुवीय संरचनातर्फ अघि बढिरहेको बताएका छन्। उनले बहुध्रुवीय विश्वको विकासलाई वस्तुगत र अपरिवर्तनीय प्रवृत्तिका रूपमा व्याख्या गरेका छन्।

रुस–अफ्रिका आर्थिक तथा मानवीय फोरमलाई सम्बोधन गर्दै पुटिनले विश्वव्यापी रूपान्तरणको वर्तमान प्रक्रियासँग फोरमको उद्देश्य मेल खाने बताएका हुन्।

उनका अनुसार फोरममा समेटिएका विषय, सहभागीहरूको व्यापकता र खुला संवादले यसको महत्त्व तथा प्रभावकारिता बढाएको छ।

पुटिनले विश्वमा शक्ति र प्रभाव विभिन्न केन्द्रहरूमा विस्तार हुँदै गएको उल्लेख गर्दै बहुध्रुवीय विश्वको अवधारणा वास्तविकतामा परिणत भइरहेको बताएका छन्।

रुस–अफ्रिका फोरमलाई रुस र अफ्रिकी मुलुकहरूबीच आर्थिक तथा मानवीय सहकार्यका विषयमा छलफल गर्ने मञ्चका रूपमा लिइन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय