अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि उत्तरपूर्वी गिनीमा सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।
सरकारका अनुसार खनिज सम्पदाले धनी सिगुइरी जिल्लामा बुधबार झडप भएको हो । नोभेम्बर २ देखि प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ ।








