भक्तपुर । भक्तपुरको साँगामा बसले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार दुर्घटनामा खोटाङकी १४ वर्षीया भूमिका राईको मृत्यु भएको हो ।
काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–००१ २३६६ नम्बरको सरकारी मोटरसाइकललाई सोही दिशाबाट आएको बसले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार रहेकी भूमिकाको ठक्करबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक रोशन राई घाइते भएका छन् ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








