काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्रीलंकाली ब्याटर थनुका दबारेसँग अनुबन्ध गरेको छ।

शीर्ष क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने दबारेको आगमनले टोलीको ब्याटिङ थप मजबुत हुने सुदूरपश्चिमको विश्वास छ।

दबारेले टी–२० क्रिकेटका ५० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। उनको स्ट्राइक रेट १४२.६५ रहेको छ। उनले बलिङतर्फ २६ विकेटसमेत लिएका छन्।

त्यस्तै, ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन र ६३ विकेट आफ्नो नाममा लेखाएका छन्। प्रथम श्रेणी क्रिकेटका ४९ खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको अनुभव र आक्रामक ब्याटिङ क्षमताले टोलीको शीर्ष क्रमलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

टोलीमा आबद्ध भएपछि दबारेले सुदूरपश्चिमबाट एनपीएल खेल्न उत्साहित रहेको बताएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन योगदान दिने उनको लक्ष्य छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय