काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय सांसद टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान सवा ११ बजेदेखि भेटवार्ता सुरु भएको हो। चीन भ्रमणको तयारीमा रहेको सांसद टोलीले भ्रमणमा निस्कनुअघि प्रधानमन्त्रीसँग छलफल गरेको जनाइएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसद आगामी आइतबारदेखि ११ दिने चीन भ्रमणमा जान लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको उक्त भ्रमणका क्रममा टोलीले चीनका विभिन्न सहरको अवलोकन गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

भ्रमणका क्रममा सांसदहरूले बेइजिङ, हाङ्चाउ र सिचुवानलगायत चीनका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

चीन भ्रमणलाई लक्षित गरी प्रधानमन्त्रीसँग भएको यस भेटवार्तालाई दुई देशबीचको राजनीतिक तथा संसदीय सम्बन्धका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय