काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण रहेका छन्।
यसअघि उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति गरिएको हो।
चार न्यायाधीशको नियुक्तिसँगै सर्वोच्च अदालतको न्यायिक जिम्मेवारीमा उनीहरू थपिने भएका छन्।








