काठमाडौं । छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभागले सोमबार (कात्तिक ३० गते) नियमित सेवा सञ्चालन गर्ने भएको छ ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै पर्वका दिन पनि राहदानीसम्बन्धी सेवा उपलब्ध गराउने निर्णय गरिएको विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म नियमित कार्यदिनसरह सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ ।

सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन सेवाग्राहीलाई असुविधा नहोस् भन्ने उद्देश्यले छठ पर्वका दिन पनि विभाग खुला राख्ने निर्णय गरिएको उनले बताए ।

यद्यपि, छठ पर्व मनाउने विभागका कर्मचारीहरूलाई भने उक्त दिन बिदा दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय