काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारमाथि लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरू कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारकै पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूमाथि हस्तक्षेप बढाएको टिप्पणी गरे ।

उनले सरकार र सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आवश्यक समन्वयको अभाव देखिएको पनि बताए । सरकार तथा पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा र स्पष्टीकरणमा समेत एकरूपता नरहेको उनको भनाइ थियो ।

कांग्रेसले सरकारका कामकारबाहीको गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने नीति लिएको शिवाकोटीले स्पष्ट पारे ।

तर, सरकारले आफ्नो कार्यशैली नसच्याए गत भदौ २४ गतेको घटनाजस्तै परिस्थिति दोहोरिन सक्ने चेतावनीसमेत उनले दिए । सरकारको नेतृत्वमा रहेकाहरूले फेरि भाग्नुपर्ने अवस्था आउन सक्ने उनको टिप्पणी थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय