काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ ।
आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो ।
उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन् । सो अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।
आवेदन दिँदा उम्मेदवारले नागरिकताको हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ ।
परीक्षासम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।









