काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण एक दिनको मात्र हुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंसिर ६ गते नेपाल एयरलाइन्सको विमानबाट प्रधानमन्त्री शाहसहित नेपाली प्रतिनिधिमण्डल दिल्ली प्रस्थान गर्नेछ ।

स्रोतका अनुसार त्यस दिन नेपाली दूतावासले आयोजना गर्ने जलपान समारोहमा सहभागिता हुने सम्भावना रहे पनि निधो भइसकेको छैन ।

मंसिर ७ गते प्रधानमन्त्री शाह तीन वटा औपचारिक भेटवार्तामा सहभागी हुनेछन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता हुनेछ ।

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता र एक्लाएक्लै भेटवार्ता हुनेछन् । भेटवार्ता हैदरावाद हाउसमा हुनेछ ।

त्यसपछि प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशंकर भेट गर्ने कार्यक्रम रहेको बाहेक अन्य कुनै वार्ताको बारेमा परराष्ट्र मन्त्रालयले खुलाएको छैन ।

यसअघि प्रधानमन्त्रीको राजकीय भ्रमणको बेला दिल्लीको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि अन्यत्र प्रदेशहरुमा पनि जाने गरेकोमा यसपटक भने प्रधानमन्त्री एक दिनमै स्वदेश फर्किने भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय