काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ८.८३ अंकले घटेर २६४०.०६ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ९५ वटा स्क्रिप्सको १६ हजार ६४४ कित्ता सेयर ७८ लाख ३ हजार ३७७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो। बाँकी २९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।








