काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई पार्टीमा सम्पर्क गर्न आह्वान गरेको छ।

पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तहका सम्भावित उम्मेदवारहरूको नामावली देशभरका सबै जिल्लाबाट संकलन गर्ने निर्णय गरेको हो।

बैठकले संविधान संशोधनका लागि पार्टीले अघि सारेका आठबुँदे संकल्पलाई जनस्तरसम्म पुर्‍याउने निर्णयसमेत गरेको छ। त्यस्तै, जिल्ला समिति गठन प्रक्रियालाई निरन्तरता दिँदै गठन हुन बाँकी जिल्लाहरूमा संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकले केन्द्रीय सदस्यमा मोरङका नरेशकुमार राई, उदयपुरका केशव पाण्डे र गुल्मीका युवराज रानालाई मनोनयन गरेको छ।

त्यसैगरी, सम्मानित सल्लाहकार समितिमा बाँकेका देवेन्द्र पौडेल, मोरङका टीका उप्रेती र राजकुमार कार्की तथा चितवनका कमलराज विष्टलाई मनोनयन गरिएको छ। कोशी प्रदेश इन्चार्जमा सुरेशप्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई जिम्मेवारी दिइएको छ।

स्थानीय तहका उम्मेदवारलाई गैरदलीय बनाउने विषयमा जनस्तरबाट राय संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ। यस विषयमा १५ दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी दिइएको पार्टी सचिवालय प्रमुख सगुन लावतीले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय