एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन पुगिन् विद्या भण्डारी
२०८३ मंसिर १, मंगलवार १३:२३
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् ।
एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो केहीबेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।
भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बोलाइएको बैठकले भेलाका एजेन्डा अनुमोदन गर्नेछ । त्यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा चयन गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।