काठमाडौं । नेकपा एमालेले बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने भएको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारी र त्यसको कार्यसूचीबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार भेलामा स्थानीय निर्वाचनको तयारी, पार्टी संगठनलाई सक्रिय बनाउने तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुनेछ ।

राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा र आगामी कार्यभार समेटिएको कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक परिस्थिति र पार्टीको जिम्मेवारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भट्टले बताए ।

यसैगरी, स्थायी कमिटी बैठकले मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक एक दिनअघि अर्थात् मंसिर ४ गते बस्ने गरी मिति परिवर्तन गरेको छ ।

एमालेका अनुसार बुधबारदेखि सुरु हुने राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुनेछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय