बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ लालपुरका ३५ वर्षीय सावित साई रहेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले १५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय