कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ।

मंगलबार दिउँसो घाँसदाउरा संकलन गर्न वन पुगेका स्थानीयले बाघ सडेको अवस्थामा देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ। उक्त सामुदायिक वन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार घटनास्थलमा अहिले मुचुल्का संकलन गर्ने काम भइरहेको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मृत बाघलाई पोस्टमार्टमका लागि निकुञ्जमा ल्याउने तयारी गरिएको उनले बताए।

बाघको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्नेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय