नेपाली बजारमा सुन-चाँदीको मूल्यमा भारी गिरावट आएको छ। बुधबार सुनको मूल्य ६ हजार ३०० र चाँदी ११० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य १ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार २०० पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदीको भाउ ३ हजार ३८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको थियो।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय