काठमाडौं । औषधिको उचित प्रयोगलाई प्रवर्द्धन तथा औषधि प्रयोग प्रणालीमा सुधार ल्याउने उद्देश्यले काठमाडौंमा तेस्रो ‘आईएसआईयुएम अन्तर्राष्ट्रिय सम्मेलन’ भोलिदेखि सुरु हुने भएको छ।

‘परिवर्तित विश्वमा औषधिको उचित प्रयोग’ भन्ने नारासहित आयोजना हुने सम्मेलन नोभेम्बर १९ देखि २१ तारिखसम्म तीन दिन चल्नेछ।

अन्तर्राष्ट्रिय औषधि प्रयोग सुधार समाजको आयोजनामा हुने सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना विज्ञ, अनुसन्धानकर्ता तथा प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ।

नेपाल फार्मेसी परिषद्का अध्यक्षसमेत रहेका स्थानीय आयोजक समितिका अध्यक्ष डा. कादिर आलमका अनुसार सम्मेलनमा औषधिको प्रयोग सुधार, कृत्रिम बौद्धिकता (एआई) र औषधिसम्बन्धी सूचनाका विषयमा कार्यशाला सञ्चालन गरिनेछ।

सम्मेलनका विभिन्न सत्रमा औषधिको उचित प्रयोगसम्बन्धी नीति तथा कार्यक्रम, गुणस्तरीय अनुसन्धान विधि र डिजिटल प्रविधिको उपयोगबारे छलफल हुनेछ।

औषधिको सुरक्षित र प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्दै यस क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव तथा अनुसन्धान आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय