लुम्बिनी । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्।

सरकारबाट नियुक्त भएको केही सातापछि बुधबार लुम्बिनी पुगेर उनले आफ्नो जिम्मेवारी सम्हालेकी हुन्। कोषका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।

यसैगरी, कोषका नवनियुक्त सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डेले पनि बुधबार नै पदभार ग्रहण गरेका छन्। सरकारले केही समयअघि रुपन्देहीको तिलोत्तमा निवासी पाण्डेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो।

कोषका सूचना अधिकारी डा. हरिध्वज राईले दुवै पदाधिकारीले बुधबार पदभार ग्रहण गरेको जानकारी दिए।

गायिका तथा समाजसेवीसमेत रहेकी आनी छोइङ डोल्माको नियुक्तिसँगै लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको नेतृत्वले पूर्णता पाउने अपेक्षा गरिएको छ।

लुम्बिनी विकास कोषको पदेन अध्यक्षमा पर्यटन तथा संस्कृति मन्त्री रहने कानुनी व्यवस्था छ भने उपाध्यक्षसहित अन्य पदाधिकारी र सदस्यहरू सरकारले नियुक्त गर्ने प्रावधान रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय