काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्विया पठाइदिने प्रलोभन देखाएर ३० लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्दै आएका २४ वर्षीय रोशन खड्का रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काले बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा सर्विया पठाइदिने आश्वासन दिँदै पीडितबाट ३० लाख ३० हजार रुपैयाँ लिएका थिए। रकम लिएपछि सर्विया नपठाई लामो समयसम्म सम्पर्कविहीन भएको आरोप उनीमाथि छ।

आफू ठगीमा परेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि खोजी गर्ने क्रममा उनलाई मंसिर २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय