काठमाडौं । जोर्डनमा सैन्य अभ्यासका क्रममा ब्ल्याक हक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जोर्डन सशस्त्र सेनाले जनाएको छ।

जोर्डन सशस्त्र सेनाको कमान्डले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यास भइरहेका बेला हेलिकोप्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि क्विन आलिया सैनिक अस्पताल लगिएको छ। सेनाका अनुसार एक सैनिकलाई गम्भीर चोट लागेको छ भने अन्य चार जनाको अवस्था सामान्य छ।

सेनाले घाइते सैनिकहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। उनीहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय