काठमाडौं । राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ ।

हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो ।

राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन राप्रपा कार्ययोजना ल्याई सार्वजनिक सुचना जारी गरेर खुला प्रतिस्पर्धाका आधारमा ४० वर्षमुनिका २० जना युवालाई केन्द्रीय कार्यसमितिमा प्रवेश गराएका थिए ।

आसन्न आठौं महाधिवेशनमा वैधानिक रुपमा युवालाई नेतृत्व तहमा प्रवेश गराएर राप्रपामा युवा आकर्षण बढाउने नीति राप्रपाले लिएको छ । ‘यस विषयमा छलफल भएको छ, हामीले संशोधित विधानमा त्यसैगरी प्रस्ताव अघि बढाउॅदैछौं’, प्रवक्ता मोहन श्रेष्ठले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय