काठमाडौं । एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिता सुरु हुनुअघि नै नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन् । चोटका कारण उनले प्रतियोगितामा सहभागी हुन नसक्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै सोमपाल घाइते भएकाले प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो ।

सोमपालको स्थानमा बायाँहाते तीव्र गतिका बलर प्रतिश जीसीलाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ । यस्तै, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको छ ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा टोलीको संरचनामा गरिएको परिवर्तनबारे जानकारी दिइएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय