काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताले विदेश भ्रमणमा जानुअघि पार्टीलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन्।
दुईदिने राष्ट्रिय भेलाको बिहीबार समापन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीका नेताहरूको गतिविधि र भ्रमणबारे पार्टीलाई जानकारी हुनुपर्ने बताएका हुन्।
उनले पार्टीका नेता तथा कार्यकर्ता अनुशासनमा रहनुपर्ने उल्लेख गर्दै विदेश भ्रमणमा जाँदा पार्टीलाई जानकारी नदिए स्पष्टीकरण सोधिने चेतावनी दिए।
‘पार्टीका नेता कार्यकर्ता अनुशासित हुनुपर्छ । कसले के गर्दैछ र कहाँ जाँदैछ भन्ने पार्टीलाई जानकारी दिनु जिम्मेवारी र कर्तव्य हो,’ ओलीले भने, ‘अबदेखि कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ । जानकारी नभए पार्टीले स्पष्टीकरण सोध्छ।’








