काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीर क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि सडकमा यात्रा जोखिमपूर्ण बनेको छ।

पहिरो पन्छाएर हाल कम्तीमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको भए पनि सडकलाई पूर्ण रूपमा सुरक्षित बनाउन मेसिन तथा उपकरण परिचालन गरी काम भइरहेको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार उक्त क्षेत्रमा जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। साथै, सडक प्रयोगकर्तालाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

केही दिनभित्रै पहिरो प्रभावित क्षेत्रमा सुरक्षित रूपमा दुईतर्फी सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको योजनाले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय