काठमाडौं । साताको कारोबारअन्तर्गत बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। अघिल्लो दिन ११ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३.६२ अंकले बढेर २ हजार ६२८ अंकमा पुगेको हो।

आज बजारमा १३८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ।

समूहगत परिसूचकतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.२९ प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.५४, उत्पादन तथा प्रशोधन ०.६७, फाइनान्स ०.३५ र व्यापार समूह ०.२३ प्रतिशतले उकालो लागेका छन्।

यसैगरी विकास बैंक ०.०४, जलविद्युत् ०.०५, लगानी ०.३८, जीवन बीमा ०.२२, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.३० र अन्य समूह ०.५३ प्रतिशतले घटेका छन्।

आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (तराई) को ५.६३, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१, मन्दाकिनी हाइड्रोपावरको ४.४६ र बेस्ट फाइनान्सको सेयर मूल्य ३.४४ प्रतिशतले वृद्धि भएको छ।

यता एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३, मुक्तिनाथ कृषि कम्पनीको ४.३२, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ र बेनी हाइड्रोपावरको ३.५५ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माई हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन्।

समग्रमा बिहीबार नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम घट्नुले बजारमा लगानीकर्ताको सक्रियता अघिल्लो दिनको तुलनामा कमजोर रहेको संकेत गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय