काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ। बिहीबार ३ हजार ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ३ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख १० हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ७३९ रुपैयाँ निर्धारण गरिएको छ।








