काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बिक्री लक्ष्य पूरा गर्ने उत्कृष्ट डिलरहरूलाई लक्षित गरी आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको छ।
गत जेठ र असार महिनामा सञ्चालन गरिएको विशेष बिक्री प्रोत्साहन योजनामा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई कम्पनीले तीनदिने धार्मिक तथा पर्यटकीय भ्रमणमा सहभागी गराएको हो।
यात्राका क्रममा डिलरहरूले मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कागबेनीलगायत विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरेका थिए।
कम्पनीका अनुसार डिलरहरूको योगदानको कदर गर्नुका साथै व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। गुणस्तरीय सिमेन्ट उपभोक्तासम्म पुर्याउन डिलरहरूको भूमिका महत्त्वपूर्ण रहेको कम्पनीले जनाएको छ।
वार्षिक १० लाख मेट्रिक टन उत्पादन क्षमता रहेको अर्घाखाँची सिमेन्टले आधुनिक प्रविधिको प्रयोगमार्फत क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले डेनिस भर्टिकल रोलर मिल (भीआरएम), वेस्ट हिट रिकभरी सिस्टम (डब्लूएचआरएस) तथा धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) प्रविधि प्रयोग गर्दै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि डिलर तथा अन्य व्यावसायिक साझेदारसँगको सहकार्यलाई प्राथमिकता दिँदै प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








