काठमाडौं । नेकपा (एमाले)की सचिव पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोग असफल भएको आरोप लगाएकी छन्।

शुक्रबार ललितपुरमा आयोजित निर्वाचन आयोगको मध्यावधि समीक्षासम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचनमा धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव देखिए पनि त्यसलाई नियन्त्रण गर्न आयोग प्रभावकारी हुन नसकेको बताइन्।

अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा ९९ प्रतिशत मत खसेको विवरण गलत रहेको दाबी गर्दै आयोगले उक्त विवरणलाई सदर गरेर आफूलाई न्याय नदिएको गुनासो गरिन्। आफ्नो क्षेत्रमा अहिलेसम्म ९९ प्रतिशत वास्तविक मतदान नभएको प्रमाण सुरक्षित रहेको उनको भनाइ थियो।

उनले निर्वाचनका क्रममा भएका भनिएका धाँधली र बुथ कब्जाजस्ता गतिविधि नियन्त्रण गर्न आयोग असफल भएको दाबी गर्दै यसका लागि विभिन्न तथ्य तथा प्रमाण रहेको उल्लेख गरिन्।

त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो स्थायी जिल्लाभन्दा बाहिर रहेका मतदातालाई मतदानको व्यवस्था गर्ने प्रस्ताव व्यावहारिक नरहेको धारणा पनि उनले राखिन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय