भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्।

स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई दिउँसो २ बजेसम्म उक्त स्थान खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।

प्रशासनको निर्देशनप्रति असन्तुष्टि जनाउँदै सुकुमवासी परिवारले थाल ठटाएर विरोध गरेका छन्। उनीहरूले आफूहरूको बास र गाँस खोस्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

वैकल्पिक आवासको व्यवस्था नगरी आफूहरूलाई आश्रयस्थलबाट हटाउन खोजिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।

यसैबीच, सुकुमवासीको विरोधमा समर्थन जनाउन नागरिक अभियन्ता तथा जेन्जी अभियन्ताहरू पनि होल्डिङ सेन्टर पुग्ने क्रम जारी रहेको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय