काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २ हजार ६२८ अंकमा झरेको छ । अघिल्लो दिन पनि नेप्से १०.८९ अंकले घटेको थियो ।
बजार घटेसँगै कारोबार रकममा समेत कमी आएको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भयो ।
शुक्रबार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार भएका समूहहरूमध्ये बैंकिङ ०.०७ प्रतिशत र निर्जीवन बीमा ०.३० प्रतिशतले बढेका छन् । बाँकी अधिकांश समूह घटेका छन् ।
कम्पनीतर्फ एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ भने सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।








