काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई अहिलेदेखि नै संगठनात्मक र राजनीतिक तयारीमा जुट्न आह्वान गरेकी छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले ‘हामी तयार छौँ’ अभियानलाई देशभरका वडा र बुथ तहसम्म विस्तार गरी संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएकी हुन् ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता र विधानसम्मत विवरण अद्यावधिक गरिसकेको उल्लेख गर्दै उनले अब आन्तरिक विवाद छाडेर निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राखिन् ।

‘अब हामीसँग न त कुनै बहाना छ, न त अलमलिनुपर्ने कारण नै,’ उनले भनिन्, ‘हामी नै आधिकारिक कांग्रेस हौँ भन्ने स्पष्ट र आत्मविश्वासपूर्ण सन्देश देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म पुर्‍याउनुपर्छ ।’

उनले ‘हामी तयार छौँ’ अभियानलाई घरघरमा पुगेर जनसम्पर्क विस्तार गर्ने अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।

यसैगरी, संग्रौलाले विपद्, आर्थिक चुनौती र नागरिकका मौलिक अधिकारका विषयमा कांग्रेसले सशक्त आवाज उठाउनुपर्ने बताइन् । उनले सरकारका गतिविधिमाथि टिप्पणी गर्दै प्रेस स्वतन्त्रता, विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यतामाथि हस्तक्षेप भइरहेको आरोपसमेत लगाइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय