काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले ७ जना बिचौलियालाई पक्राउ गरेको छ ।

सेवाग्राहीबाट गुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार कार्यालय परिसरबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर बिष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन् ।

त्यस्तै, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम कृष्ण निरौला पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय