काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार बिहान पत्रकार सम्मेलन गर्दै बस्नेतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै उनले अब महामन्त्री पदमा रहेर पार्टीको नेतृत्वमा योगदान पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिन लागेको बताए।

पूर्वसभापति देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर महाधिवेशन आयोजना गर्दैछ। सोही महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले महामन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय