काठमाडौं । चोरीसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बेला जेन्जी आन्दोलनका क्रममा फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भएका २७ वर्षीय उमेश भनिने रघु तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङलाई शुक्रबार साँझ ५ः३० बजे काठमाडौंको बौद्धस्थित माकलबारी बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरी वृत्त जनसेवामा २०८२ भदौ १५ गते चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि उनी अनुसन्धानका क्रममा हिरासतमा थिए । तर, गत वर्ष भदौ २४ गते भएको घटनाका क्रममा उनी हिरासतबाट फरार भएका थिए ।

फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय