पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीय नागरिकको हक र अधिकार सुनिश्चित गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वत जिल्ला शाखाले शनिबार कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्थानीयको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको अधिकार तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयास गर्ने उनले बताएको रास्वपा पर्वतका जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल हुन नसक्ने उल्लेख गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका कार्यकर्तालाई आग्रहसमेत गरेका थिए ।








