काठमाडौँ। एक्सन स्टार निखिल उप्रेतीको अभिनय तथा निर्देशक रहेको फिल्म ‘आचार्य’को टिजर मंगलबार सार्वजनिक भएको छ।
टिजर एक्सनका विषयवस्तुले भरिपूर्ण छ । टिजरमा निखिल निकै शक्तिशाली र आक्रामक देखाइएको छ। टिजरबाट फिल्म उच्च स्तरको स्टन्ट र द्वन्द्व रहेको अनुमान गर्न सकिन्छ । निखिललाई हेलिकप्टरबाट हाम फाल्दै गरेको, प्याराग्लाइडिङ, तीव्र गतिको कार र बाइकलगायतका स्टन्टहरूमा टिजरमा छन्।फिल्ममा निखिलको फरक–फरक लुक्स र अवतार देख्न सकिन्छ। कतै उनी लामो कपाल र दाह्रीमा ‘रफ’ लुक्समा देखिएका छन् भने कतै उनी सेतो पहिरनमा एक आध्यात्मिक वा धार्मिक व्यक्तित्वको स्वरूपमा प्रस्तुत भएका छन् । टिजरमा देखाइएको ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटु र संवादले फिल्मले सामाजिक न्याय र अधर्म विरुद्धको लडाइँलाई कथाको विषयवस्तु बनाएको अनुमान लगाउन सुकिन्छ।निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई निखिल फिल्ममा द्वन्द्व निर्देशन शुक्रराज शाहको छ भने निर्माण कृष्ण भट्टराईले गरेका हुन्
।फिल्म असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका प्रदर्शनमा आउँदैछ।






